मन्त्रीपरिषदको बैठक आज बस्दै

काठमान्डौ असोज २० ।
मन्त्रीपरिषदको बैठक आज बस्दै छ । बैठक विहान १० बजे प्रधानमन्त्रीको कार्यालय सिहदरवारमा बस्ने छ ।

आजको बैठकमा संसदको पदाधिकारी सहित सांसदको सेवा सुविधाका वृद्धिको लगायतको विषयका छलफल गर्ने कार्यसूचि रहेको बताईको छ ।

साउन १ गते देखि नै लागु हुने गरी संसदको पदाधिकारी र सांसदको तवल भत्ता आवास र स्वकीय सचिवालय लगायतको सुविधामा वृद्धि गर्ने प्रस्ताव संसद सचिवालयले मन्त्री परिषदमा पेस गरिसकेको छ ।

सचिवालयले संसद पदाधिकारी तथा सांसदहरुले खाइपाइ आएको सेवा सुविधामा ५० प्रतिशतले वृद्धि गर्न सरकार समक्ष प्रस्ताव पेस गरेको बुझिएको छ ।

सर्वसाधरण कालोबजारी मूल्य वृद्धि महङगी लगायतको मारमा परिरहेका बेला सरकारले भने संसद पदाधिकारी तथा सांसदहरुको सेवा सुविधा वृद्धि गर्न लागेको हो ।

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...