सांगितिक सागरमा डुब्याे टाेक्याे डम्फु साँझ (बिस्तृतमा )

 तामाङ समुदायको आफ्नो कला,धर्म,पहिचान,संस्कार र संस्कृतिको संरक्षण र सम्वर्दन गर्ने उद्देश्यले नेपाल तामाङ समाज,जापानले आयोजना गरिएको डम्फु साँझ २०१६ भब्य रुपमा सम्पन्न भएको छ |
  जापानको टोकियो स्थित नमस्ते गीत गजल रेस्टुरेन्ट सिनोओकोबुमा अक्टोबर २ अर्थात हिजो आयोजना गरिएको डम्फु सॉझ २०१६ तामाङ समाज जापानको सस्थापक अध्यक्ष रेख़ ब्लोनको प्रमुख आथितित्व र समाजका अध्यक्ष कर्मा लामाको सभापतित्वमा सम्पन्न भएको हाे ।
जापानमैं भएका स्थानीय कलाकारहरूको बिशेष प्रस्तुति रहेको उक्त कार्यक्रम बेलुकी ५ बजेबाट ११ बजेसम्म संचालन भएको थियो । कार्यक्रममा विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो | तामाङ समाज जापानले हरेक बर्ष डम्फु साँझ को अयोजना गर्दै अाइरहेको छ |
डम्फु साँझ २०१६ यसैको निरन्तरता हो | तामाङ समुदायमा डम्फु को छुट्टै ईतिहास बोकेको छ तामाङ समुदायको हरेक शुभ कार्यमा डम्फु बजाएर सुरुवात गर्ने अनि नाच्ने समेत् गरिन्छ् | अझ भन्नु पर्दा तामाङ हरु हरेक सास्कृतिक कार्यक्रममा डम्फु बजाएर रमाइलो गर्ने गरिन्छ |
डम्फु साँझ २०१६ लाई जापानमा रहेका बिभिन्ननेपाली अनलाइन पत्रिका र अनलाइन रेडियो ले समेत् प्रत्यक्ष प्रसारण गरेको थियो |सो कार्यक्रममा जापानमा रहेका तामाङ लगायत सम्पुर्ण जापानवासी नेपालीहरुको उल्लेखनिय सहभागिता रहेको समाजका सदस्य चासिला वाइवाले जानकारी दिनु भएकाे छ ।
damphu-2
  डम्फु र डम्फु नाँच
तामाङ समुदायमा डम्फुको आफ़्नै कथा रहेको बिस्वास छ ।
तम्बाको भनाई अनुसार कुनै समय पेंग दोर्जे नामको एक व्यक्ति जो शिकारी थिए, ऊ जंगल गएर जनावरहरू मार्नेकाम गर्थ्यो । सदा झै शिकार खेल्न जंगल गए र मृग मारेर घर ल्याए ।
यसरी मारेर ल्याएको मृग देखेपछि शिकारी अर्थात पेंग दोर्जेको पत्नी धेरै दुखी भईन किनकी मृग सार्है सुन्दर थिईन ।
त्यस दिन देखि उनी रोएको रोयै भएपछि पेंग दोर्जेले आफ्नो श्रीमती लाई ख़ुशी पार्न धेरै उपाय हरू रचे एक दिन जंगलमा गएर ४ फ़ीट लामों अम्बू सिंङ( डम्फु बनाउदा प्रयोग गर्ने एक किसिमको बिशेष काठ ) भन्ने काठ लिएर आए त्यसपछि उसले त्यो काठलाई ४ चौडा भएको गोलो चक्र बनाए उसले बॉंसको ३२ वटा इन्चको चौडा भएको गोलो चक्र बनाए ।
damphu-3
 उसले बाँसको ३२ वटा स-साना लठ्ठी पनि बनाए ।  त्यसपछि उसले ३२ वटा स-साना बाँसको लठ्ठीको मद्दतले गोलो चक्रको एकातर्फ मृगको सुकेको छाला टांगे. गोलो चक्रले सुमधुर आवाज सृष्टि गरे – “तक-धिन”। उसले त्यस भर्खरै आविष्कार गरेको साधनको तालसंग आफ्नो पुर्खाहरु र देवताहरूक सम्झेर गाउनथाले। सुन्दरताका साथ सृष्टि गरिएको माधुर्य लय सुनेपछि सबै प्राणीहरू नाच्न थाले र आफ्नो पत्नी पनि नाच्न थाले। त्यसै बीच डाँफे नाम गरेको चरा पनि नाच्दै थिए।
त्यसैले पेंग दोर्जेले उक्त चक्रलाई डम्फू भनेर नामकरण गरे। त्यसपछि डम्फू तामाङ जातिहरुको संस्कृति र जीवन शैलीको एक अभिन्न अंग बने। तामाङ जातिहरु विभिन्न विवाह समारोह, अन्त्येष्टि समारोह, विशेष अवसरहरूमा, संस्कार र चाडहरूमा डम्फू प्रयोग गर्छन ।
 तामाङ जातिहरु डम्फूको साथमा आफ्नो सुख-दूख ब्यक्त गर्छन् ,पुर्खाहरु सम्झेर गीतको माध्यमबाट आफ्नो इतिहास सुनाउछन् ।
 डम्फू बुद्ध र बोधिसव्त्वको प्रतीक पनि हो। ३२ वटा लठ्ठीले बुद्धको ३२ वटा प्रतिक झलकॉउछ ।
तामाङ जातिका मानिसहरुले नाच्ने प्रमुख नाच डम्फु नाच हो । याे नाचको साथमा एक प्रकारको बाजा (मृगकाे छालाले मोडेर गोलो पारी बनाईएको) डम्फूबजाउंदै नाचिन्छ ।
यो विवाह उत्सव आदिमा नाचिन्छ । एकमात्र बाजा डम्फूको तालमा नाचिने हुँदा यसलाई डम्फू नाच भनिएको हो । यस नाचमा २ जना देखी ८/१० जनासम्म पनि नाच्न सकिन्छ । प्रदर्शन र समारोह अनि बिभिन्न सामाजिक साँस्कृतिक कामहरुमा मा साधारण प्रयोग हुने डम्फु काेइराला काठले निर्माण गरिएकाे हुन्छ ,गाेलाकार परिधिमा ३२वटा किलाहरु हुन्छन् ।
यसको भागहरु ले बुद्ध धर्मकाे संकेत गर्दछ । तामाङ जातिका कलाकारहरुले गाउने गीत संगीतहरुमा डम्फु बाजाकाे प्रयाेग गर्ने गरेकाे पाइन्छ ।तामाङ जातिहरुले डम्फु बजाएर गीत गाउने ब्यक्तिलाई तम्बा भन्ने गरिन्छ ।
तामाङ जाति बारे
तामाङ नेपाल आदिवासी जनजाति भित्र पर्ने एक जात हाे ।तिनीहरू आफ्नै विशिष्ट संस्कृति, भाषा र धर्म छ। आफ्नो पैतृक भूमिलाई ताम्सालिङकाे रूपमा चिनिन्छ। ताम्सालिङ पूर्व मा दुधकाेशी,पश्चिमी बुढीगण्डगी देखि र दक्षिण मा चुरे वा शिवलिक पहाडहरु र उत्तरमा हिमालय क्षेत्रहरु पर्दछ ।
तामाङ नेपाल बौद्ध पालना गर्ने सबै भन्दा ठूलो जनसंख्या हो। पछिल्लाे जनगणना अनुसार कुल जनसंख्या करिब ४५ लाख रहेकाे छ ।नेपालका 92% तामाङहरुले आफ्नै मातृभाषा बाेल्दै आइरहेकाे पाइन्छ । मुख्यतया धादिङ, रसुवा, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दाेलखा,सिन्धुली र रामेछाप जिल्लामा मुख्य रुपमा बसाेबास गर्दै आएकाे पाइन्छ ।(सहकर्मी चसिला तामाङ को सहयोगमा)

बिहि, अशोज २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...