टेरिसा पौडेलको उत्कृष्ट अभिनयमा दशैँ गीत बजारमा (भिडियो सहित)

कमल सरगम
असोज -काठमाण्डौ
नेपाली सङ्गितिक जगतमा उत्कृष्ट गीत तथा म्युजिक भिडियो बजारमा ल्याउन सफल र म्युजिक कम्पनी को रुपमा छुट्टै पहिचान बनाउन सफल कामना डिजिटल प्रा ली ले दसैंको शुभकामना सहित परदेश गएको परदेशीको दु:ख पिडा र घर भएकी श्रीमती को दु:ख पिडा लाई समाबेश गीत तथा म्युजिक भिडियो बजारमा ल्यायको छ ।चर्चित गायिका टिका पुन र चर्चित गायक तथा सङ्गीतकार गीतकार गोबिन्द मधुर आचार्यको स्वर रहेको यस  गीतमा शब्द सङ्गित गोबिन्द मधुर आचार्य को रहेको छ । कामना फिल्मस को ब्यानर मा निर्माण गरिएको छ । यो भिडियोलाई कामना डिजिटल ले नै निर्माण गरेको हो छोटो समयमै चर्चा को शिखर चुम्न सफल मोडेल टेरिसा पौडेल र एस के दाहाल ले अभिनय गरेको म्युजिक भिडियोलाई राज काफ्लेले निर्देशन गर्नु भएको हो भने छायाँकन राजेश घिमिरेले गर्नुभएको हो मोडेल टेरिसा पौडेल को अभिनय पनि निकै शसक्त रहेको छ म्युजिक भिडीयो हेर्दा नेपाली दाजुभाइ दिदिबहिनी को आँखा नरसाउला भन्न सकिदैन यो गीत तथा म्युजिक भिडियो लाई सफलताको शुभकामना।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...