सर्वोच्वले अख्तियार प्रमुख कार्कीको घरमा सुचना टासेन


काठमाण्डौ, १९ असोज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा सूचना टाँस्ने सर्वोच्वको तयारी असफ भएको छ ।

कार्कीको नयाँ बानेश्वरस्थित घरमा सुचना टाँस्न गएको अदालतलको विशेष टोली त्यसै फर्किएको छ ।

आयोगमा कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि विभिन्न बहानामा विदेश गएको र म्याद बुझ्न अस्विकार गरेको भन्दै कार्कीलाई सूचित गर्न घरमै गएर सूचना टाँस्ने निर्णय गरेको थियो ।

तर सूचना टाँस्न गएको घर पुरै भाडामा लगाइएको पाइएकाले सूचना टाँस्न नमिलेको सर्वोच्चका तामेलदार शम्भु खत्रीले बताउनुभयो ।

आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो ।

सर्वोच्चले दुवै पक्षलाई म्यादको पत्र पठाएको थियो । जसमा अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझिसकेका छन् भने कार्कीले बुझ्न अस्विकार गर्नुभएको छ ।

अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्की्विरुद्ध पुनः पुनरावलोकनको निवेदन हाल्नुभएको थियो ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया