भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमणका क्रममा जनकपुर जाने

काठमाडौं,१९ असोज ।

आगामी कातिक १७ देखि १९ सम्म नेपाल भ्रमणमा आउन लाग्नु भएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमणका क्रममा जनकपुर सहित अन्य धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमण गर्नुहुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणका क्रममा मुखर्जीलाई जनकपुर, लुम्बिनी र पोखरा लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ । राष्ट्रपति मुखर्जीको ईच्छा अनुसार नेपाली अधिकारीले ती क्षेत्रमा लैजाने तयारी गरेको जनाईएको छ ।

स्रोतले जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिएको छ ।

मुखर्जीलाई काठमाडौंबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौं, काठमाडौबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौं ल्याइने गरि रुट मिलाइएको छ ।

यसअघि २०७१ मा नेपालमा भएको सार्क सम्मेलनमा सहभागी हुन आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ती ठाउमा जान चाहनुभएको थियो । तर सुरक्षाको कारण देखाउँदै उहाकोे भ्रमण रद्द गरिएको थियो ।

लामो समयदेखि थाती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारी जुटेको छ ।

यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भएपनि भण्डारीको भ्रमण एक्कासी स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter