देउवा जी गुटको हैन सिंगो काग्रेसको नेतृत्व गर्नुस् : सिंह

काठमाण्डौ ,१९ असोज ।

नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले स्थानीय निकायको निार्वचन अघि पार्टि भित्रको अन्तरबिरोध हल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

नेपाल तरुण दल नागार्जुन नगर समिति आज अयोजना गरेको कार्यक्रममा बोल्दै उहाले पार्टीभित्रको समस्या हल नगरे चुनावमा काग्रेसलाई घाटा हुने बताउनु भयो ।

सिंहले पार्टीलाई बिधि र बिधानसम्बत चलाउनुपर्छ भनेर आवाज उठाउने देउवाले नेतृत्वमा आएपछि त्यसलाई ब्यावहारमा लागु गर्न नसकेको बताउनु भयो ।

सभापति देउवालाइ गुटभनदा माथि उठेर सिंगो कांग्रेसको नेतृत्व गरी संस्था गत रुपमा पार्टी सन्चालन गरेर देखाउन आग्रह गर्नुभयो ।

उहाले पाटि भित्रको आन्तरिक अवस्था मज्बुत बनाउन नसक्दा हिजोका दिनमा पनि घात अन्तरघातले समस्या भएको भन्दै अहिलेपनि त्यहि अवस्था रहनसक्ने संकेत गर्नुभयो ।

अर्को प्रशंगमा संविधान जनताको आवश्यत्ता र चाहाना अनुरुप संसोधन गर्दै जान सकिने भयकाले अहिले उठेका जायज मागहरु समेटेर संसोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

तीन तहको निर्वाचनको तयारिमा जुट्नु को बिकल्प नभयकाले जिमेवारुपमा प्रस्तुतहुन दलहरुलाई अपिल समेत गर्नु भएको छ ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया