पहिरो कारण पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौं, १९ असोज । पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–आबुखैरेनी सडकखण्ड अवरूद्ध भएको छ । तनहुँको आबुखैरेनी–८ ऐनापहरामा आज बिहान पहिरो झरेपछि सडकखण्ड अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ । बिहान आठ बजे खसेको पहिरोले राजमार्ग पूर्णरुपमा बन्द भएको तनहुँ प्रहरीले जनाएको हो ।
पहिरोले सय मिटर सडक पुरेकाले सवारी आवागमन सुचारु गराउन कम्तिमा पाँच घण्टा लाग्ने बताइएको छ । अहिले प्रहरीले स्काभेटरको सहायताले पहिरोे पन्छाउने काम गरिरहेको छ । सडक अवरुद्ध भएपछि गोरखा र पोखरा जाने तथा त्यहाँबाट काठमाडौं फर्कने यात्रु समस्यामा परेका छन् ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...