भोली देखि तीन दिन एक हजार वस थप गरिने

काठमान्डौ असोज १९ ।
दशैंमा घर जाने यात्रुको लागि भोली देखि शनिबार सम्म थप एक हजार बस थपिने भएको छ । दशैंमा यात्रुको चाप हुने मुख्य तीन दिन भोली देखि शनिबार सम्म थप एक हजार बस थप्न लागेको निजी व्यवसायीहरुले बताएका छन् ।

यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सयवटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी पनि बस थप गर्न तयार भएका हुन् ।

नेपाल यातायात व्यवसयी राष्ट्रिय महासंघले यात्रुको अत्याधिक चाप हुने तीन दिन दैनिक तीन यस ३० गाडी थपेर सञ्चालन गर्न लागेको उल्लेख गरेको छ । बस थप्न लाग्ने अतिरिक्त खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् ।

यात्रुको चापअनुसार दशैमा बसको संख्या थप्न निजी क्षेत्रले रोखेको माग सरकारले पुरा नगरी आफैँ बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दूरीमा तीन दिनमा एक हजार बस थप्ने घोषणा गरेको जनाइएको छ ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...