आज शिक्षक दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमान्डौ असोज १९ ।
आज शिक्षक दिवस नेपालमा पनि सरोकारवाला निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै छन् । दिवसको यस वर्षको नारा शिक्षकको सम्मान, अवस्थामा सुधार’ भन्ने तय गरिएको छ ।

समाजमा शिक्षकको भूमिका स्थापित गर्न संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्को को आह्वानमा सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपाल शिक्षक महासङ्घले आज काठमाडौँमा शिक्षा मन्त्री धनीराम पौडेलको उपस्थितिमा शिक्षक दिवस मनाउने कार्यक्रम तय गरेको छ । साथै दिवसको अवसरमा सम्बन्धित सरोकारवाला निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

महासङ्घले दिवसलाई सरकारीस्तरबाट पनि मनाइनुपर्ने माग गर्दै आएको छ ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter