नेपाल भारत प्रबुद्ध समुह इपीजीको दोस्रो बैठक दिल्लीमा आजपनि जारी

काठमाडौ १९ असोज ।
नेपाल–भारत प्रबुद्ध समूह इपीजीको दोस्रो बैठक भारतको नयाँदिल्लीमा आज पनि बस्दै छ । हिजोबाट नयाँ दिल्लीमा सुरु भएको बैठकमा नेपाली पक्षले सन १९५० मा भएको सन्धीको पुनरावलोकनका लागि प्रस्ताव पेस गरेको छ ।

बैठकमा सन्धि अद्यावधिक गर्नुपर्ने भन्दै नेपालको सरोकार समेत पेस भएको थियो । सन् १९५० को सन्धी पुनरावलोकनका विषयमा पटक पटक कुरा उठाएपनि ठोस प्रस्ताव आउन नसकेको बताएपछि नेपाली पक्ष ठोस प्रस्तावसहित प्रस्तुत भएको हो ।

बैठकमा १९५० को सन्धी संशोधनको विषय प्रमुख एजेन्ड भएको जनाइएको छ । नेपालले सन्धिका धारा २, ५, ६ र ७ समयसापेक्ष नरहेको भन्दै अद्यावधिक गर्नुपर्ने प्रस्ताव राखेको छ । सन्धि अद्यावधिक र समयसापेक्ष गर्ने भन्ने विषयमा हिजोको बैठकमा विस्तृत रुपमा छलफल भएको बताइएको छ ।

यस्तै आजको बैठकमा सामाजिक–सांस्कृतिक विषय, नेपाली समुदायले भारतमा भोगेका समस्या लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । इपिजी बैठकले गर्ने निर्णयका आधारमा दुई मुलुकबीच थप वार्ता प्रक्रिया अघि बढ्नेछ । बैठक आजै सकिनेछ ।

बुध, अशोज १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter