बिप्लब माओवादी पोलिट्ब्युरो सदस्य भुजेलसहित आधा दर्जन कार्यकर्ता गिरफ्तार,माओवादीद्धारा राजधानीमा प्रदर्शन


काठमाडाैँ , १८ असोज ।

 नेकपा (माअाेवादी)  पोलिटब्युरो सदस्य उमा भुजेल सहितका आधा दर्जन नेता कार्यकर्तँलाई प्रहरीले राजधानीबाट गिरफ्तार गरेको छ ।

पार्टीका कार्यकर्तासँग छलफल गरिरहेकाे अवस्थामा भुजेलसँगै अाधा दर्जन नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकाे हाे ।

काठमाडौँ जिल्ला सदस्य रजमान तामाङ, नविन सुवेदी र हाेम बहादुर तामाङ र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य नवीन केसीलाई प्रहरीले बालाजुबाट गिरफ्तार गरेकाे हाे ।

उनीहरुलाई अहिले बालाजुस्थित प्रहरी बृतमा राखेकाे छ ।

यसैबीच , माओवादीले आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीविरुद्ध राजधानीमा आज अपरान्ह प्रदर्शन गरेको छ ।

पार्टीका कार्यकर्तासँग छलफल गरिरहेको अवस्थामा पोलिटब्युरो सदस्य उमा भुजेलसँगै आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

बिना कारण प्रहरीबाट आफुहरुमाथी हस्पक्षेप भएको भन्दै माओवादीले प्रदर्शन गरेको हो । जुलुससहितको बिरोध प्रदर्शन बालाजुस्थित माछा पोखरामा कोण सभामा परिणत भएको थियो । सभामा बोल्ने माओवादी नेताहरुले प्रहरी कृयाकलाप अमानबिय बन्दै भएको बताएका छन ।

आजै साँझसम्म प्रहरीले गिरफ्तार गरिएका कार्यकर्ता रिहा नगरे बिरुद्धमा कडा प्रतिकृया जनाउने माओवादीले जनाएको छ ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...