नेपाली भूमि कुनै मुलुक बिरुद्ध प्रयोग हुदैन : रक्षामन्त्री खाँड

काठमाण्डौ, १८ असोज ।

रक्षामन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारको पालामा ल्याइएको सुरक्षा नीति अपुरो रहेको भन्दै परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा गरेको साक्षात्कारमा उनले सुरक्षा नीतिबारे ब्यापक छलफल आवश्यक रहेको समेत बताउनुभयो ।

नेपाली भूमि कुनै पनि मुलुक बिरुद्ध प्रयोग गर्न नदिने र कुनै पनि आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा निकाय सक्षम रहेको उहाँको भनाइ थियो ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया