संसद बैठकमा निर्वाचनसंग सम्वन्धित ३ विद्येयक पेस

काठमाण्डौ, १८ असोज ।
ब्यवस्थापिका संसदको बैठकमा निर्वाचनसँग सम्बन्धित बिभिन्न तीन वटा विधेयक पेश भएका छन ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले ‘राजनीतिक दलसम्बन्धी विधेयक, ‘मतदाता नामावली सम्बन्धी विधेयक, र ‘निर्वाचन आयोग विधेयक, आजको बैठकमा पेश गर्नुभएको हो ।
कानुनका अभावमा स्थानीय, प्रान्तीय तथा केन्द्रको निर्वाचन गर्न सम्भव नहुने भएपछि गृह मन्त्रालयले निर्वाचनसँग जोडिएका विधेयक प्रस्तुत गरेको हो ।

ती विधेयक पारित भएपछि निर्वाचन आयोगलाई निर्वाचन तयारीका लागि आवश्यक मार्ग प्रशस्त हुने देखिएको छ ।

यसैबिच सरकारले प्राकृतिक प्रकोपमा परि ज्यान गुमाएका परिवारलाई एक लाख दिने निर्णय गरेको छ ।

संसद बैठकमा गृहमन्त्रालयको काम कारबाहीबारे जानकारी दिँदै गृहमन्त्री निधिले किरिया खर्चका लागि एक लाख उपलब्ध गराउने बताउनुभएको हो ।

यसअघि प्रकोपमा परेर ज्यान गएका परिवारलाई सरकारले किरिया खर्चका लागि भनेर प्रतिव्यक्ति ४० हजार रुपैयाँ दिँदै आएको थियो ।

यस्तै गृहमन्त्री निधीले निधिले गाडी दुर्घटनामा परि हराई रहनुभएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजी भइरहेको जानकारी दिनुभएको छ ।

गृहमन्त्रि निधिले टीकापुर घटनामा संलग्नको अभियोग लागेकाको मुद्दा फिर्ता लिन प्रक्रिया सुरु भएको समेत बताउनुभयो ।

संसद बैठकमा गृहमन्त्री निधिले संवैधानिक र कानुनी प्रक्रिया बमोजिम मुद्दा फिर्ता लिन सम्बन्धित निकायसँग परामर्श जारी रहेको जानकारी गराउनुभएको हो ।

बैठकमा स्थानीय निकाय पुनर्संरचना आयोगको कार्य्विधि फेरिएको भन्दै सांसदहरुले आपत्ति जनाए ।

आजको संसद बैठकमा बोल्दै सांसदहरुले आयोगको काम अन्तिम चरणमा पुगेको बेला कार्य्विधि संशोधन गरेर अन्योलता थपेको भन्दै आपत्ति जनाएका हुन् ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...