सत्ताको स्वार्थ भन्दा माथि उठेर काम आग्रह : मन्त्री भण्डारी

काठमान्डौ, असोज १८ ।
वनमन्त्री शङ्कर भण्डारीले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलहरुले सत्तामा प्रतिस्पर्धा गर्ने भन्दामाथि उठेर एकसाथ अगाडि बढ्न आग्रह गर्नु भएको छ ।

नेपाली काँग्रेस मकवानपुरद्वारा बडादसैँको शुभकामना कार्यक्रममा आज बिहान सम्बोधन गर्दै भण्डारीले यस्तो बताउनु भएको हो ।

साथै मन्त्री भण्डारीले जनतामा परेको समस्यालाई निकास दिन सरकारले छिट्टै नै स्थानीय निर्वाचन गराउन लागेको बताउनुभयो ।

उहाँले मुलुकमा वन तस्करको नियन्त्रण गर्ने र आगामी पाँच वर्षभित्र मुलुकमा काठ तथा दाउरा आपूर्ति गर्ने लक्ष्यका साथ सरकारले गुरुयोजना तयार गरी अघि बढेको स्पष्ट समेत पार्न भयो ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...