प्यूठानमा चट्याङ लागेर दुईको मृत्यु

प्यूठान, १८ असोज । प्यूठानमा गएराति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारिकोट–७ निवासी ६० वर्षिय धनकला खड्का र विना जिसी रहेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाईते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको हो । जि.सी.को उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया