आजबाट अमेरिका जाने EDV (डी.भि.)चिठ्ठा सुरु

काठमाडौं, १८ असोज । सन् २०१७ को डाइभर्सिटी भिसा डीभी आज रातिदेखि खुला हुँदैछ । (डिभी) कार्यक्रमको लागि आज नेपाली समय अनुसार साँझ ९ः४५ बजेबाट आवेदन दर्ता खुला हुने भएको छ । आजबाट रातिबाट खुला हुने डीभी आवेदन कात्तिक २२ गते राति १० बजेर ४५ मिनेटसम्म दर्ता गर्न सकिनेछ । यसमा आवेदन भर्नको लागि ( www.dvlottery.state.gov )मा गएर अनलाइन मार्फत तोकिएको समयभित्र भर्नुपर्दछ । डीभी विजेताको घोषणा आगामी मे महिनामा हुनेछ । आवेदन निःशुल्क हुने र डीभी चिट्ठाका लागि कुनैपनि शुल्क नलाग्ने दूतावासले जनाएको छ । यस्तै, कुनै कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन पनि सुझाव दिएको छ ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया