संसदमा आज निर्वाचन सम्बन्धी विधेयक पेश हुने

काठमाडौ १८ असोज ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा निर्वाचन सम्बन्धी विभिन्न तीन ओटा विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

बैठकमा सरकारले निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक पेश गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

आगामी चैत्रमा गर्ने भनिएको स्थानीय निकाय निर्वाचनको कानुनी आधार तयार पार्न सरकारले आज विधेयक ल्याउन लागेको हो ।

यस्तै आजै राजनितिक दल सम्बन्धी कानुन संशोधन र एकिकरण गर्न बनेको विधेयक तथा मतदाता नामवली सम्बन्धी कानुन संशोधन विधेयक संसदमा प्रस्तुत हुने संसदका सहयक प्रवत्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार