सल्यानमा चट्यांङ लागेर ४ जना घाईते

असोज १७ सल्यान । सल्यानमा चट्यांङ लागेर एउटै घरका ४ जना घाईते भएका छन । जिल्लाको ढाकाडाम गा.वि.स. वडा नम्बर ७ निबासी गोविन्द देवकोटा को घरमा सोमबार दिउसो ३ बजे तिर परेको चट्यांङले सोहि घरका १८ बर्षिया शारदा देवकोटा, १७ बर्षिय बिष्णु देवकोटा, शिला देवकोटा र उमेश देवकोटा रहेका छन ।

शारदा देवकोटा र बिष्णु देवकोटाको अवस्था गम्भिर रहेको छ भने बाँकि दुई जनाको अवस्था सामान्य रहेको प्रहरी जानकारी दिएको छ ।

घाईतेहरु सबैलाई उपचारको लागि स्थानिय मेडिकल बाँगेलाखुरी मा पु¥याए पनी दुई जना को अबस्था गम्भिर भएकाले थप उपचारको लागी कोहोलपुर रिफर गरिएको र बाँकि दुई जनालाई सामान्य उपचार पछि घर पठाइएको इलाका प्रहरी कार्यलय सिमखोलीका प्रहरी नायक निरीक्षक राज बहादुर चन्दले जानकारी दिएका छन ।

मङ्ल, अशोज १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...