इपीजीमा सहभागी हुन प्रवृद्ध समूह दिल्ली प्रस्थान

काठमाडौं, १७ असोज ।

भोलीबाट सुरु हुने नेपाल–भारत प्रवृद्ध समूह इपीजीको बैठकमा भाग लिन नेपाली टोली आज नयाँ दिल्ली गएको छ ।

नेपाली टोलीका संयोजक भेषवहादुर थापाको नेतृत्वमा नीलाम्वर आचार्य, सुर्यनाथ उपाध्याय र राजन भट्टराई दिल्ली जानुभएको हो ।

इपीजीको भोलिबाट शुरु हुँने बैठकमा नेपालले सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने टोलीका सदस्य भट्टराईले बताउनुभयो ।

नेपालमा यसअघि भएको बैठकमा भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि तयार रहेको जनाउादै प्रस्ताव ल्याउन नेपाली पक्षलाई आग्रह गरेको थियो ।

इपीजी गठन भएपछि दोस्रो पटक बैठक हुन लागेको हो । गत असारमा पहिलो बैठक काठमाडौंमा भएको थियो ।

प्रवृद्ध समूहमा भारतबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्त प्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा हुनुहुन्छ ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...