मधेसकेन्द्रित दलका नाजायज माग पुरा हुदैन : मन्त्री केसी

नुवाकोट, असोज १७ ।
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मधेसकेन्द्रित दलले राखेका जायज माग मात्रै पुरा हुने बताउनु भएको छ ।

नुवाकोट–रातमाटेको महादेव बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै केसीले सबै माग जायज नभएकाले सबै माग पूरा नहुने धारणा राख्नुभयो ।

उनीहरुको सही माग राज्यले सम्बोधन गर्नुपर्ने तर नाजायज माग पूरा हुनै नसक्ने उहाको भनाँई छ । त्यसका लागी संविधान कार्यान्वयन गर्न प्रतिपक्ष र सत्तापक्ष एकजुट हुनुको विकल्प नभएको बताउनु भयो ।

अबको १८ महिनाभित्र तीन निर्वाचन गर्नुपर्ने बाध्यता राजनीतिक दलबीच रहेकाले सबै दल मिलेर सही बाटोको खोजी गर्नुपर्नेमा कसीले जोड दिनुभयो ।

कार्यक्रममा सांसद तथा कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले स्थानीय निकायको पुनःसंरचनाको सिफारिस गर्दा १३ मात्रै गरिएकामा कांग्रेसले १५ देखि १८ ओटा स्थानीय निकाय हुनुपर्ने माग राखेको बताउनु भयो ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...