यातायात क्षेत्रको विकृती रोकिन्छ : लेखक

बिराटनगर, असोज १७ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले सरकारले यातायात क्षेत्रमा देखिएको विकृती रोक्न कडाई गर्ने बताउनु भएको छ ।

विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले दशैंका लागि उपत्यका छाड्ने यात्रुका लागि सरकारले पर्याप्त वस सेवाको व्यवस्था मिलाएको दाबी गर्नुभयो ।

केही दिनअघि दशैंका लागि राजधानी छाड्ने यात्रुहरुले वसको टिकट नपाएको गुनासो आएपछि सरकारले यातायात व्यवसायीसँग छलफल गरी दशैंमा थप बस चलाउने व्यवस्था गरेको मन्त्री लेखकले जानकारी दिनुभयो ।

गत ७ असोजमा टिकट खुलेकोमा तीन दिनमै टिकट सकिएको भन्दै व्यवसायीले थप बस चलाउन नमानेपछि बहुसंख्यक यात्रु टिकट अभावमा राजधानीबाट बाहिर जान वञ्चित बनेका थिए ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...