व्यवस्थित सहरीकरणका लागि सरोकारवालको जोड

काठमाडौं, असोज १७ ।
दक्षिण एसियामा सहरीकरण बढ्दै गएको भन्दै सरोकारवालाहरुले व्यवस्थित सहरीकरणका लागि जोड दिएका छन् ।

विश्व बसोबास दिवसका अवसरमा आज सहरी विकास तथा भवन निर्माण विभागले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनीहरुले ब्यावस्थीत बसोबासका लागी सहरीकरणलाई ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले सुरक्षित आवास आजको आवश्यकता भएको भन्दै सरकारले आवासका लागि विशेष नीति बनाउनुपर्नेमा बताएका थिए ।

सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्माले अव्यवस्थित सहरीकरणका कारण विभिन्न समस्या थपिँदै गएकोले नेपालमा बढ्दो अव्यवस्थित सहरीकरणलाई व्यवस्थित गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिल श्रेष्ठले जनताको चाहनाअनुसारको आवास योजना आउन नसकेको भन्दै आवास नीति परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।

अहिले ज्येष्ठ र लैंगिकमैत्री आवास नीतिको आवश्यकता भएको श्रेष्ठको भनाइ थियो । सरकारले यो वर्ष २० हजार आवास निर्माणको लक्ष्य लिएको छ ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया