थाइल्यान्डले नेपाललाई बुद्धको दुई अस्थिधातु दियो

काठमाडौं, असोज १७ ।

थाइल्यान्ड सरकारले नेपाललाई भगवान बुद्धको दुईओटा पवित्र अस्थि धातु दिएको छ ।

थाइल्यान्डका धार्मिक गुरु संघराजले चारुमति विहारका प्रमुख भिक्षु तपस्सी धम्म र लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङलाई सो अस्थिधातु दिनुभएके हो ।

भिक्षु तपस्सी धम्मलाई प्राप्तअस्थि धातुलाई काठमाडौं, चाबहिलमा रहेको २३ सय वर्ष पुरानो चारुमति चैत्य परिसर रहेको विहारमा कात्तिक ७ गते विधिवतरुपमा प्रतिस्थापन गर्ने जनाइएको छ ।

भिक्षु तपस्सी धम्म र लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङ ‘वर्ल्ड फिलोसिप अफ बुद्धिस्ट युथ’ संस्थामा उपसभापति पदमा निर्वाचितसमेत हुनुभएको छ ।

सेप्टेम्बर २८ मा थाइल्यान्डमा भएको सो बुद्धिस्ट युथको १९औं अन्तर्रा्ष्ट्रिय सम्मेलनमा तपस्सी धम्म र तामाङ उपसभापति पदमा चुनिनुभएको हो ।

सम्मेलनले सो संस्थाको नेपालस्थित क्षेत्रीय कार्यालय चारुमति विहारमै रहनेसमेत निर्णय गरेको छ ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया