कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने


काठमाडौं, १७ असोज । नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपाली नगर्ने भएको छ । तत्कालीन कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गत माघ २६ गते निधन भएको एक वर्ष पूरा नभएको भन्दै यस वर्ष चियापान नगर्ने कांग्रेसले निर्णय गरेको छ ।
पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको निधन भएको एक वर्ष पनि पूरा नभएकाले कोजाग्रत पूर्णिमामा पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको जनाएका छन् ।
तत्कालीन कांग्रेस सभापति बीपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्केसँगै चियापान कार्यक्रम आयोजना गरिएको भन्दै हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाका दिन कांग्रेस चियापान कार्यक्रमको आयोजना गर्दै आएको थियो ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया