डिबिको ‘जुनेली रात ..’ सार्वजनिक


काठमाडौ । गायक तथा संगीतकार डि.बि खड्काको स्वरले सजिएको ‘जुनेली रात ..’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खड्काले गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय गायक गायिका आफ्नो गीतको म्युजिक भिडियोमा आफै अभिनय गर्न थालेका छन् । यो गीतको भिडियोमा पनि गायक खड्का नै देखिएका छन् । भने उनलाई मोडलिङमा रसना पौडेलले साथ दिएकी छन् । गीतमा शब्द भने होमनाथ न्यौपानेको रहेको छ ।
एक अर्काे प्रतिको आकर्षण र प्रेम भिडियोमा थिम बनाइएको छ । भिडियोमा हरिहुमागाइको छायांकन, प्रबिन श्रेष्ठको सम्पादन र सुरज श्रेष्ठको निर्देशन रहेको छ ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया