भारतीय राष्ट्रपति कातिक १७ गते नेपाल आउने


काठमाण्डौ ,१७ असोज । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमणका लागी अगामी कातिक १७ गते नेपाल आउने हुनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले कार्तिक १७ देखि १९ गते सम्म नेपालको भ्रमण गर्ने तय भएको हो ।

लामो समयदेखि थाती रहेको मुखर्जीको भ्रमणको मिति तय भएलगातै दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रायल तयारी जुटेको बताईएको छ ।

यसअघि नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भएपनि भण्डारीको भ्रमण एक्कासी स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।

सत्ता परिवर्तन भए लगत्तै नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो ।
यही असोजमा अर्को छिमेकी मुलुक चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने भनिए पनि तयारी पूरा नभए पछि चीनीया राष्ट्रपतिको भ्रमण रोकिएको थियो ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया