तीन दलद्धारा ईलाकालाई आधार मानेर पुनरसंरचना गर्न आयोगलाई कार्यदेश

काठमाडौ, १७ असोज ।
प्रमुख तीन दलले इलाकालाई मुख्य आधार मानेर स्थानीय तह पुनरसंरचना निर्धारण गर्न स्थानीय निकाय पुनरसंरचना आयोगलाई कार्यदेश दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आज सिंहदरवारमा बसेको काग्रेस ,माओवादी केन्द्र र एमालेको बैठकले आफुहरु बीच भएको पूर्व सहमती अनुसार नै स्थानिय तह निर्धारण गर्न आयोगलाई निर्देशन दिएका हुन् ।

बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेलसँग तीन दलका नेताहरुले इलाका संरचनालाई आधार बनाउदै पुनरसंरचना कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।

सोहि क्रममा प्रधानमन्त्री दाहालले पछिल्लो कार्यदेश अनुसार काम अघि बढाउन आयोगलाई निर्देशन दिनुभएको थियो ।

तीन दल र आयोग पदाधिकारीबीचको छलफलपछि सरकारको मुल कार्यदेश अनुसार आयोगले स्थानिय निकाय पुनरसंरचनाको काम अघि बढाउने सहमती भएको स्थानिय विकास मन्त्री हितराज पाण्डेले बताउनु भयो ।

दलीय सहमतिपछि स्थानीय निकाय पुनरसंरचना आयोगले हालसम्म गरेका काम कारबाही अन्योलमा परेपछि प्रमुख तीन दलको बैठक बसेको हो ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter