उपत्यका बाहिरीने यात्रुकालागि आजबाट थप टिकट बुकिङ खुला

काठमान्डौ ,असोज १७ ।
दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि आजबाट फेरि थप टिकट बुकिङ खुल्ला गरिएको छ । यातायात व्यवसायीहरुले आफूसँग भएका सबै गाडी सञ्चालन गर्न तयार भएसँगै आजबाट फेरि थप टिकट बुकिङ खुला गरिएको हो ।

असोज ७ गते खुलाइएको बुकिङ केही दिनमा नै सकियो भनेपछि झण्डै ६ लाख यात्रुले घर जान नपाउने स्थिति आएको थियो ।

सरकारले नेपाली सेना, प्रहरी, स्कुल कलेजका बस प्रयोग गरेर भएपनि दशैंमा घर जान चाहने सबैलाई घर र्पुयाउने घोषणा गरेपछि यातायात व्यवसायी फेरि टिकट बुकिङ गर्न तयार भएका हुन् ।

यसअघि व्यवसायीले क्षमताभन्दा बढी भार बोक्न पाउनु पर्ने, एकतर्फी इन्धनको व्यवस्था सरकारले गरिदिनु पर्ने लगायतका माग राख्दै व्यवसायीले यात्रु नबोक्ने अडान राखेका थिए ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter