
काठमाडौ १७ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन मार्फत मधेशी, थारु र मगर लगायत आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित हुने बताउनु भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा उहाँले सो कुरा बताउनु भएको हो ।
संविधान निर्माणका क्रममा मधेशी, थारु र मगरहरुको कलष्टर अलग–अलग पर्न गएको उल्लेख गर्दै उहाँले यस पटक सबैलाई न्याय हुने गरी संविधान संशोधनको प्रयास भइरहेको बताउनु भयो ।
हिमाल, पहाड र तराईको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील प्रधानमन्त्रीको भनाई थियो ।
सो क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगराँत प्रदेशको व्यवस्था, समावेशी, सामुदायिक सघनताका आधारमा गाउँपालिका र नगरपालिका निर्माण, आदिबासी जनजातिका प्रथाजन्य कानूनलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सोम, अशोज १७, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम