पहिरोका कारण रिडी–तम्घास सडकखण्ड अवरुद्ध

काठमान्डौ १७ असोज । वर्षासँगै खसेको पहिरोका कारण गुल्मीको रिडी–तम्घास सडकखण्ड अवरुद्ध भएको छ ।

रेसुङ्गा नगरपालिका–१५ दुविचौरको खहरे खोलामा आज माथिबाट पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड अवरुद्ध भएको हो ।

तम्घासबाट पाल्पा, बुटवल र काठमाडौंसम्म आवत जावत गर्ने सयौ सवारी साधनहरु गाडी र यात्रु बिच बाटोमै अलपत्र परेका छन् ।

पहिरो हटाउने प्रयास भइरहेको र सडक खुल्न केही समय लाग्ने जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया