स्थानीय तह पुनरसंरचनामा देखिएको मतभेद समाधानका लागि दलहरु छलफलमा जुट्दै

काठमाडौ १७ असोज ।
इलाकालाई आधार मानेर स्थानीय तह पुनरसंरचना गर्ने सहमति भएसँगै उत्पन्न अनयोलता समाधानका लागि प्रमुख तीन दल र आयोगका पदाधिकारीबीच आज छलफल हुदैछ ।

दलीय सहमतिपछि स्थानीय निकाय पुनरसंरचना आयोगले हालसम्म गरेका काम कारबाही अन्योलमा परेपछि प्रमुख तीन दल कांग्रेस, माओवादी र नेकपा एमालेले आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।

सिंहदरबारमा बिहान १० बजेपछि हुने छलफलमा आयोगको अहिलेसम्मको कामको समेत स्वमित्व ग्रहण गर्दै इलाका संरचनालाई आधार बनाउदै पुनरसंरचना कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने एक नेताले जानकारी दिएका छन् ।

स्थानीय तह पुनरसंरचनाको संख्यलाई लिएर दलहरुबीच विवाद भइरहेका बेला मुख्य तीन दलले गत असोज ९ गते पुनरसंरचनाका लागि इलाकालाई आधार बनाउने सहमति गरेका थिए ।

दलहरुबीचको सो सहमतिपछि पुनरसंरचना आयोगका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीले समुहिक रुपमा राजिनामा दिने जनाएपछि छलफलको प्रयास भएको हो ।

छलफलका लागि आयोगका अध्यक्ष बालानन्द पौड्याललाई पनि बोलाइएएको छ । आयोगले यही महिनाभित्र आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter