कास्कीको याम्दीमा यात्रुवस दुर्घटना,२ जनाको मृत्यु,

काठमान्डौ असोज १७ ।

कास्कीको याम्दीमा यात्रुवस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३३ जना घाइते भएका छन् । दुर्घटनामा परी गुल्मी नेटा २ का दुई बर्षका अर्सित अर्यालसहित दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुने अर्काे एकजनाको भने परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते ३३ जनाको पोखराका मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

काठमाडौंबाट वागलुङको बुर्तिबाङ जाँदै गरेको ग १ ख ६१ ६९ नम्बरको रात्रीबस कास्कीको याम्दीमा आज विहान पौने ६ बजे तिर दुर्घटनामा परेको हो ।

अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

बस पल्टिएलगत्तै सँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको प्रहरीले जनाएको छ ।

सोम, अशोज १७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter