मोदी जी नेपालको सुस्ता र कालापानीको जमिन फिर्ता गर्नुस् न ?

एजेन्सी असोज १६ २०७३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अरुको देशको जमिनको भोको नरहेको र त्यसको लागि कुनै पनि देशमाथि हमला नगरेको जिकिर गर्नु भएको छ ।
आईतबार दिल्लीमा प्रवासी भारतीय केन्द्रको उद्घाटन गर्दै उहाले भारतलाई अरु देशको जमिन आवस्यकता नरहेको बताउनु भयो ।
यो कुरा साचो हो भने मोदीले अब नेपालको अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने हो नि हैन र ?

sima-1

नवलपरासीको सुस्ता, दार्चुलाको कालापानी, लिपुलेक, ईलामदेखि कन्चनपुरको टनकपुरसम्म भारतीय पक्षद्धारा विना युद्ध अतिक्रमण गरिएको र कब्जा गरिएको भूमि फिर्ता गर्न मोदी तयार छन् त नेपाली पाठकहरुले यस्तै प्रश्न गर्न थालेका छन् ।

एक अनुमान अनुसार नेपालको मेचीदेखि महाकाली सम्मको  हजारौ हेक्टर जमिन भारतले कब्जा गरेको छ । कालापानीमा त नेपाली भूमिमा भारतीय फौज ब्यारेक बनाएर बसीरहेको छ ।
यद्यपि, नेपाल सरकारले यसमा कुनै कडा प्रतिकृया जनाउन सकेको छैन ।
यसै कारणले ती सिमा क्षेत्रमा भारतीय सुरक्षा बलको ज्यादती सहेर नेपालीहरु बसिरहेका छन् ।
स्मरण रहोस् गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको क्रममा भारतले कब्जा गरेको र बंगलादेशको नियन्त्रणमा रहेको गाउहरु साटीएको थियो ।

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य ब्यानर समाचार समाचार