विगतका द्धन्द्धसँग सम्बन्धित मुद्धामा सेना तानिनु हुँदैन : प्रधानमन्त्री

काठमाण्डौ, असोज १६ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रविधिको उपयोगद्वारा आवश्यक स्रोत साधनको प्रयोग गरि नेपाली सेनाको मनोबल उच्च बनाएर आधुनिक सेना निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले विगतका द्धन्द्धसँग सम्बन्धित मुद्धामा सेना तानिनु हुँदैन भन्नेमा सरकार सचेत र दृढ रहेको बताउनु भयो ।
सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो हुन्छ भन्नेमा सरकार स्पष्ट रहेको प्रधानमन्त्रीको भनाई छ ।

यस्तै उहाले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको चर्चा गर्दै सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र बीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित रहेको बताउनु भयो ।

प्रधानमन्त्रीले भूकम्पको उद्धार, राहत र पूनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो, ‘बिपद् पनि प्रशंसा गर्नुभयो ।

कार्यक्रममा प्रधानसेनापति रबिन्द्र क्षेत्रीले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, राष्ट्रिय गौरवका आयोजना, विश्व शान्तिका लागि खेलेको भूमिका र आगामी रणनीतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...