पूर्व राजा ज्ञानेन्द्रद्धारा पचली भैरवको मुर्ती हस्तान्तरण

काठमाण्डौ ,१६ असोज ।

काठमाण्डौको भिमसेनस्थान स्थित गुणकामदेवका सन्तती जयराम मल्लको घरमा स्थापित घ्याम्पोरुपि पचली भरवको मुर्ती आज पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तान्तरण गर्नुभएको छ ।

जीर्ण अवस्थामा रहेको पचलीको मूर्ती २६ लाखमा पुननिर्माण गरि यसअघिनै स्थानपना गरि सकिएको थियो । हनुमानढोका गद्दीबैठक अगाडी बाट शाह पदल हिड्दै काठमाडौँ गणेश स्थान को प्राम्भिक पुजा पश्चात पुन्ह पैदल हिड्दै भीमसेन मन्दिर प्रवेश गरि केहि समय पुजा सकी नजिकै रहेको राजा गुनकमदेवका सन्तति मानिने जये राम मल्ल को निवास मा पुगी नया निर्मित पचली भैरवको बैदिक पुजाआजा गरि हस्तान्तरण गर्नुभयो ।

राजा गुनकमदेवले उपतेकको दक्षिण भेग को बस्ति बिस्तार को क्रममा शक्ति को प्रतिक क्षेत्रपाल को रुपमा स्थापना गराई प्रत्येक बर्ष बडादसैको पंचमिका दिन ुु पचली भैरव जात्रा गर्ने परम्परा रहदै आएको छ ।

निकै जिर्ण बनिसकेका पचलिभैरव नया फेर्नका लागि सम्बन्धित सबै निकाएमा भन्दा पनि कुनै पहल नभए पश्चात पुर्व राजा कहा समितिले आग्रह गरे बात २६ लाख को सहयोगमा नया पचली भैरव निर्माण भएको हो ।

यस अघि ने. स ६९८ ( ६४० मा माताको घ्याम्पो रुपी पचली भैरव जात्राकै क्रममा बीच बाटोमा खसेर फुटेपछि राजा शिबशिह मल्लले पुर्खाले चलाएको सम्झनामा पित्तलको घ्याम्पा रुपी बने चढाएको कथन छ ।

पुजाआजा सकी शाहाले सम्छिप्तमा बोल्दै आफ्नो विशुद्द पुजा र देवताको दर्शन काएक्रम मात्र भएको र जनताले देखाएको आफूप्रतिको आस्था बात निकै खुसि व्येक्त समेत गर्नुभएके थियो । सो क्रममा उपत्यकाका भित्रि सहरमा स्थानिय बासीले भव्य स्वागत गर्नुका साथै निकै ठुलो भिड संगै जये जयेकार को नारा गुन्जिएको थियो ।

काठमाण्डौमा बस्ती बिस्तार गर्दा दक्षीणी भेगमा शत्तिका रुपमा पचली भैरवको मन्दिर स्थापना गरेको कथन छ ।

गुणकामदेवका पालादेखि चलीआएको परम्परा अनुसार प्रत्येक बर्ष वडा दशैको पन्चमीका दिन मुर्तीलाई बोकेर भैरव जात्रा गर्ने चलन रहेको छ । त्यसअघि उहाले गणेश स्थानमा रहेको गणेशमन्दिरमा पुजा अर्चना गर्नुभएको थियो ।

 

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया