अनुगमन समितिद्धारा भाषा परिमार्जन उपसमिति गठन

काठमाण्डौ ,१६ असोज ।

संसदको सुशासन तथा अनुगमन समितिले काठमाण्डौ बिश्वविद्यालयले सन्चालन गरेको चिकित्सा सास्त्र तर्फको प्रवेश परिक्षामा अख्तियारको संलग्नताका बिषयमा तयार प्रतिवेदन अध्ययनका लागी भाषा परिमार्जन उपसमिति गठन गरेको छ ।

आज बिहान बसेको समितिको बैठकले यसअघि गठित उपसमितिले तयार पारेको प्रतिवेदनको भाषा परिमार्जन गर्न अर्को उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले समिति सदस्य तथा सांसद जनकराज जोशी संयोजकत्वमा गठित संसदको उपसमितिले तयार पारेको प्रतिवेदनमा उल्लेखित भाषालाई थप परिमार्जन गर्न आवश्यक देखिएको निश्कर्ष निकाल्दै उपसमिति गठन गरेको छ ।

आज गठित उपसमितिले समिति सभापती मोहन सिंह राठौरकै मातहतमा रहेर काम गर्ने छ ।

यस्तै आजको बैठकमा सांसदहरुले चाडबाडका अवसरमा जनतालाई सहज रुपमा घर जाने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले पर्याप्त सवारी साधनको अभावमा दशैं मान्न घर जान सवारी साधन नपाएर जनताहरुले दुःख पाएको भन्दै घर सहज रुपमा जाने व्यवस्था गर्न र टिकटमा पनि भईरहेको कालोबजारी रोक्न माग गरेका थिए ।

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter