जनचाहना अनुरुप संबिधान बनेन : प्रधानमन्त्री

बर्दिया, असोज १६ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संबिधानले जनताको भावना र अधिकार समेट्न नसकेको बताउनु भएको छ ।

बर्दियाको राजापुर क्षेत्रअन्तर्गत खोल्टीवजारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपालको संविधान पीडित वर्गको मुक्तिका लागि अझै अपूरो रहेको बताउनु भएको हो ।

संघीय गणतान्त्रिक संविधान घोषणा गरिएपनि जनताले खोजे जस्तो नभएको उहाको भनाई थियो ।

संविधानले थारु, आदीवासी, जनजाती, दलित र महिला लगायत धेरैको माग सम्वोधन गर्न नसकेको भन्दै प्रधानमन्त्री दाहालले जनताका अधिकारहरु अझै थप गर्दै लान सकिने धारणा राख्नुभयो ।

जनयुद्धकालमा बर्दियामा धेरै जना वेपत्ता पारिएको संसारलाई थाहा भएको भन्दै उहाले जनताको वलिदान खेर जान नदिने बताउनु भयो ।

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...