लीलामणि सर्वसम्वत ,दिपकुमार बहुमतले अनुमोदन

काठमाडौ, १६ असोज ।

संसदीय सुनुवाई विशेष समितिले चीन र भारतका लागी सिफारिस दुबै राजदुतको नाम अनुमोदन गरेको छ ।

आज बसेको सुनुवाई समितिको बैठकले चीनका लागी सिफारिस राजदुत लीलामणि पौडेल र भारतका लागी सिफारिस दिपकुमार उपाध्ययको नाम अनुमोदन गरेको हो ।
तर चीनका लागी सिफारिस पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन भएपनि एमाले सांसदको बिरोधका कारण भारतका लागी सिफारिस गरिएका उपाध्ययको नाममा भने सर्वसम्वत हुन सकेन ।

उपाध्याय मुलुकको दूत भन्दा पनि अर्कै देशको हितमा काम गर्ने व्यक्ति भएको भन्दै एमाले सांसदले असहमती जनाएपछि बहुमतबाट उपाध्यायको नाम अनुमोदन भएको समितिका सभापति केबी गुरुङले बताउनु भयो ।

राजदूतको नाम अनुमोदन गर्दा यसरी समिति नै बिभाजित भएको यो सम्भवतः पहिलो पटक हो ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले आफूहरुको असहमति सांकेतिक रहेको भन्दै संसदीय सुनुवाइमै सर्वसम्मत हुन नसकेका व्यक्तिले समग्र देशको प्रतिनिधित्व गर्न नसक्ने बताउनु भयो ।

भारतमा बसेर नेपाल विरुद्ध गतिबिधि गरेको र सरकार ढाल्ने षडयन्त्रमा लागेको आरोपमा उपाध्यायलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले भारतको राजदूतबाट फिर्ता बोलाएको थियो ।

पूर्वमन्त्री समेत रहेका उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । लिलामणी पौडेल नेपाल सरकारका पूर्वमुख्य सचिव हुन् ।

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...