मकवानपुरमा बस दुर्घटना हुँदा ३ को मृत्यु

काठमाडौं, १६ असोज । मकवानपुरको हाँडिखोलामा आज बिहान बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।
ग्रामिण क्षेत्र मकरीबाट हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस बिहान १० बजे हाँडिखोला– २ मा उकालो उक्लन नसकेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । उनीहरुको सनाखत हुन सकेको छैन् ।
घाइतेहरुको चुरेहिल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बसमा क्षमताभन्दा बढी यात्रु भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter