प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजदेखि

काठमाडौ ,१६ असोज ।
प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुदैछ । जेस्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा एक सय ३४ खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स, अन्डर १५ पुरुष एवम् मास्टर ५३ वर्ष भन्दा माथि र ४५ वर्षभन्दा माथिको उमेरसमुहमा प्रतिस्पर्धा हुनेछ ।

आगामी असोज २० गतेसम्म सन्चालन हुने प्रतियोगिताका खेलहरु बीडब्लु एफ र एबीए नियमका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार