व्यावस्थापिका संसद बैठक आज बस्दै

काठमाण्डौ ,१६ असोज ।

व्यवस्थापिका–संसद् बैठक आज बस्दै छ । नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजे बस्ने बैठकमा केही विधेयक दफावार छलफलका लागि अनुमोदन गर्ने तयारी छ ।

त्यसलगत्तै संसद बैठक सरकारका तर्फबाट ‘बिजनेस’ उपलब्ध हुन नसकेपछि छठसम्म १ महिना स्थगित हुने जनाईएको छ ।

आज यातनालाई फौजदारी कसुर घोषित गर्ने र नयाँ आयोग गठनसम्बन्धी विधेयकलाई बैठकले दफावार छलफलका लागि पठाउनेछ ।
कानुनमन्त्री अजयशङ्कर नायकले निर्वाचनसम्बन्धी विधेयकमा केन्द्रित हुनुपर्ने भएकाले सदनमा भएका र संशोधन दर्ता भइसकेका केही विधेयक आज दफावार छलफलका लागि अनुमोदन गरेर संसद् स्थगित हुने बताउनु भयो ।

सभामुखको अध्यक्षतामा शुक्रवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बिभिन्न दलका प्रमुख सचेतकहरुले कात्तिक २३ गतेसम्म बैठक स्थगित गर्न सुझाव दिएपछि सोहि अनुसार समितिले पनि संस बैठक स्थगित गर्न सुझाएको छ ।

संविधानअनुसारका नयाँ कानुन बनाउनुपर्ने चपेटामा रहेको संसद् सरकार फेरबदल र पुरानो सरकारले बनाएका विधेयकमा नयाँले अपनत्व लिने परम्पराको अभावमा बिजनेसविहीन हुँदै आएको छ ।

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter