आज आठौं अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदै

काठमाडौ ,१६ असोज ।
आठौं अन्तर्राष्ट्रिय अहिंसा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अक्टोबर २ तारीखमा यो दिवस मनाउने गरिन्छ ।

विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा राष्ट्रसङ्घको महासभाले सन् २००७ मा महात्मा गान्धीको जन्मजयन्ती अक्टोबर २ लाई अन्तर्रा्ष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

सन् २००८ देखि नेपालसहित राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा यस क्षेत्रसँग क्रियाशिल संघ संस्थाहरुले आज विषेश कार्यक्रमको आयोजना गरेका छन् ।

यसैबीच मानवअधिकार तथा शान्ति समाजले आज बेलुकी ५ बजे राजधानीको बौद्ध स्तुपमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

आइत, अशोज १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter