प्रचण्डले राष्ट्रघात गरे : विप्लव

भक्तपुर, १५ असोज । नेकपा माओवादीका अध्यक्ष नेत्र बहादुर चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको शिर झुक्ने गरी राष्ट्रघात गरेको बताउनुभएको छ । महान जनयुद्ध र क्रान्तिको नेतृत्व गरेका ब्यक्तिले सामन्त र दलाल पुँजीवाद पार्टीले भन्दा नराम्ररी जनतालाई धोखा दिएर राष्ट्रघात गरेको बताउनुभयो ।
नेकपा माओवादी भक्तपुरले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता विप्लवले प्रचण्डले भारतीय शाषकसँग झुकेर नेपाली जनतालाई ठूलो धोखा दिएको बताउनुभयो । महाकाली सन्धि र पञ्चेश्वर आयोजनाको बिरुद्ध लडाई लडेको पार्टीले भारतसँग राष्ट्रघाटी सन्धी सम्झौता गर्नुले नेपालीको शीर निहुरेको उहाँले बताउनुभयो ।
माओवादीहरु विलय गराउने र सत्तालिप्सामा फसाउने षड्यन्त्रको जालोमा प्रचण्ड लागि परेको बताउँदै विगतमा टाउको मूल्य तोक्ने पार्टीको समर्थनमा सरकारमा बस्नुले माओवादीले क्रान्तिको सबै एजेन्डा छाडेर सत्तालिप्सामा फसेको स्पष्ट हुने उहाँको तर्क छ ।
उहाँले संसदवादी र क्रान्तिकारीबीचको धुव्रीकरण हुने बताउँदै समयले क्रान्तिको खाँचो दर्शाएकाले आफूहरुले क्रान्तिको नेतृत्व गरेको बताउनुभयो । नयाँ संविधानले नेपाली जनताको भावना समेटन नसकेको बताउँदै उहाँले संविधान असफल हुने बताउनुभयो । संविधान कार्यान्वयन हुनै सक्दैन्, उहाँले भन्नुभयो, नेपाली जनताको भावना नसमेटीएकाले शान्ति स्थापना हुन सक्दैन् ।

शनि, अशोज १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter