लगातारको वर्षासँगै आएको पहिरोका कारण सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु

काठमान्डौ असोज १५ ।
सिन्धुपाल्चोकमा लगातार परेको वर्षापछि आएको पहिरोले एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राम्चे गाउँ विकास समिति ७ पुराना गाउँका ३५ वर्षीया रामकुमार तिमिल्सिना, उद्धब तिमिल्सिना र उनकी श्रीमती सम्झना तिमिल्सिना रहेका छन् ।

आज बिहान ३ बजेतिर घर माथिबाट वर्षासँगै आएको पहिरोले पुरेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।

पहिरोले पुरिएका अन्य दुई जनाको भने स्थानीयले उद्धार गरेका छन् । पहिरोले पुरिएका मध्ये रामकुमारको शव फेला परेको छ भने अन्य दुई जनाको पहिरोबाट शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । पहिरोले दुई वटा अस्थाई टहरा समेत पुरेको छ ।

शनि, अशोज १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया