अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिवस

काठमाडौ, १५ असोज ।
आज २६ औं अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । दिवसको यसवर्षको नारा ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध उभिऔं भन्ने तय गरिएको छ ।

प्रत्येक वर्ष अक्टोबर १ तारिखमा विश्वभर मनाईने यो दिवस नेपाललमा पनि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको नेतृत्वमा विभिन्न गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् ।

संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा विभिन्न संघसंस्थाले पदयात्रा, ज्येष्ठ नागरिकलाई सम्मान, फलफूल वितरण, सरसफाइ र अन्तक्र्रिया लगायतका कार्यक्रमको समेत आयोजना गरेका छन् ।

२०६८ को जनगणना अनुसार नेपालमा २४ लाख ६९ हजार ६० वर्ष माथीका जेष्ठ नागरिकहरु रहेका छन् ।

शनि, अशोज १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...