खाद्य संस्थानले पर्सीदेखि खसीबोका बिक्री सुरु गर्ने

काठमाडौ १५ असोज ।  

नेपाल खाद्य संस्थानले पर्सी सोमबारदेखि दसैंका लागि खसी–बोका बिक्री गर्ने भएको छ । यस वर्षको दसैंमा तीन हजार खसी–बोका बिक्री गर्ने संस्थानले जनाएको छ ।

दसैंका लागि मुस्ताङ, लाहान, हेटौंडा र दाङबाट खसी–बोका ल्याउने क्रममा रहेको संस्थानका महाप्रबन्धक शिवहरी श्रेष्ठले बताउनु भयो ।

भोलीसम्ममा उपत्यका बाहिरबाट खसी–बोका ल्याइ पुर्याउने र सोमबारदेखि बिक्री सुरु गर्ने उहाँले बताउनु भयो । खसी–बोकाको बिक्री मूल्य भने तय सकेको छैन ।

संस्थानले गत वर्ष २५ किलोग्रामसम्मको खसी प्रतिकेजी ४ सय ३५ रुपैयाँ र २५ किलोग्रामभन्दा माथिको खसीको मूल्य ४ सय ४५ रुपैयाँका दरले बिक्री गरेको थियो ।

शनि, अशोज १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...