कालिमाटीमा भएको मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौ १५ असोज । 

राजधानीको कालिमाटीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएक छन् ।

कलंकी तर्फ जाँदै गरेको बा ६० प ९११० नम्बरको मोटरसाइकल बिहान करिब पौने ३ बजे सडक डिभाइडरमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडी बसेका सिराहाका २० वर्षीय समित कर्माचार्य रहेको महानगरिय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक बल्खुका सन्दिप तामाङको अहिले कलंकििस्थत सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

शनि, अशोज १५, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...