गायक यमन खनाल ट्याम्पो ड्राइभर बनेपछि (भिडियो सहित)


कमल सरगम 
असोज -काठमाण्डौ 
सुपादेउराली म्यूजिक प्रालिको उत्कृष्ट उत्पादनमा चर्चित गायक तथा एरेन्जर यमन खनालको अर्को उत्कृष्ट लोकदोहोरी गीत “काठमाण्डौमा टेम्पो चलाउछु”बजारमा आएको छ ।यमन खानाल र श्रीदेवी देपकोटाको सुमधुर आवाज रहेको यस गीतमा लय भने शितल पौडेलको रहेको छ ।यम लाल आचार्यको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको यस गीत अहिले डिजिटल बजारमा निकै चर्चामा छ  ।एरेन्जमा पनि आफुलाई  अगाडी बढाउदै आएका यमन खनालकै एरेन्जमा तयार भएको यस गीतमा अभिनय भने नरेश घले र अनिता अधिकारीले गरेका छन ।यमन खनालकै निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने मरुभूमि नारायणले गरेका हुन् ।रोशन धितालको सम्पादनमा तयार यस गीतको म्यूजिक भिडियो सुपादेउराली म्यूजिककै युटुब च्यानलमा राखिएको छ ।
सम्पूर्ण यस गीतको टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया