राज्यमन्त्री जबेगुले किन बहिस्कार गरे मन्त्रालयको बैठक


१४ असोज, काठमाडौं ।

राज्यमन्त्री श्रीप्रसाद जबेगुले स्थानीय विकास मन्त्रालयअन्तरगत एलडीओहरुको सरुवासम्बन्धी सूचीलाई अन्तिम रुप दिन बोलाइएको बैठक बहिस्कार गर्नु भएको छ ।

सिंहदरबारस्थित स्थानीय विकास मन्त्रालयमा आज बोलाएको बैठकमा अपरिचित व्यक्तिहरु छिरेर छापामार शैलीमा हस्तक्षेप गरेको भन्दै राज्यमन्त्रीले बहिस्कार गर्नु भयो
‘बैठकमा नराम्रो घटना भयो, त्यसैले सरुवा प्रक्रियामाथि नै असहमति जनाउँदै राज्यमन्त्रीज्यू निस्कनुभएको हो,’ राज्यमन्त्री जबेगुका स्वकीय सचिव रघुनाथ गौतमले भन्नुभयो , ‘केही मानिसहरु ‘हामी हेडक्वार्टरबाट आएका हौं’ भन्दै बैठक कक्षमै प्रवेश गरे ।’

बैठक कक्षमा हेडक्वार्टरको नाम लिँदै दलालहरु छिरेपछि राज्यमन्त्री जबेगु कर्मचारीको सरुवामा माथिबाटै सेटिङ मिलाइने हो भने मन्त्री हुनुको अर्थ छैन भन्दै राजीनामा दिने चेतावनीसहित मन्त्रालयबाट बाहिरिएको एक कर्मचारीले बताए

एलडीओहरुको सरुवामा कसरी आर्थिक कारोबार हुन्छ र त्यसमा विचौलियाहरुले मन्त्रीलाई कसरी बाइपास गर्छन् भन्ने शुक्रबार सिंहदरबारमा देखिएको छ । स्रोतका अनुसार यो घटनामा स्थानीय विकासमन्त्री हितराज पाण्डेसमेत असन्तुष्ट बनेका छन् । पाण्डे माओवादीभित्र सादगी नेताका रुपमा चिनिन्छन् ।

आज लागि बोलाइएको बैठकमा स्थानीय विकासमन्त्री हितराज पाण्डे उपस्थित हुनुभयो ।

  • बैठकमा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र सहचविव चक्रबहादुर बूढा लगायतको सहभागीता थियोे ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया