प्रहरीको चाडपर्व लक्षित तीन तहको सुरक्षा योजना

काठमाडौ १४ असोज ।  

चाडवाडको समयमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि काठमाडौं प्रहरीले तीन तहको बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

दशैं, तिहार र छठ जस्ता ठूला चाडलाई लक्षित गरी सार्वजनिक गरिएको तीन तहको सुरक्षा योजनामा बर्दीका प्रहरी, शादा पोसाकका प्रहरी र प्रविधियुक्त टिम परिचालन गरिनेछ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा काठमाडौं परीसर प्रमुख एसएसपी बिक्रम थापाले चाडवाडको समयमा काठमाडौं छाड्ने मानिसहरुलाई सुरक्षाको चिन्ता हुने भएकाले काठमाडौमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिनुभयो ।

प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान सिआरभी, क्वीक रेस्पोन्स टिम क्युआरटी र साइकलमा समेत प्रहरी परिचालन गरिनेछ । एसएसपी थापाका अनुसार प्रत्येक बृत्तबाट १० देखि १५ मोटरसाइकल र भित्री गल्लीका लागि ३ देखि ५ साइकलले गस्ती गर्नेछ ।

टेकुस्थित काठमाडौं परिषरको कार्यालयबाट आजै २ सय १० मोटरसाइकल र ८६ साइकललाई दशैंका लागि परिचालन समेत गरिसकिएको छ । यस्तै काठमाडौं छिर्ने सीमा नाकाका साथै आपराधिक गतिविधि बढी हुने सम्भावित क्षेत्रमा तालिमप्राप्त कुकुरहरुपनि परिचालन गरिनेछ ।

अपराध महाशाखाले सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्नेछ । सादा पोसाकका प्रहरीले चोरी नियन्त्रण, स्न्याचिङ, बसपार्कको टिकटमा हुने कालोबजारी र नाकानाकामा बिशेष सूचना संकलकको काम गर्नेछन् ।साथै प्रहरीले दशैंमा काठमाडौंबाहिर जाने यात्रुका लागि ९ स्थानमा हेल्प डेक्स स्थापना गरेको छ ।

साथै प्रहरीले चाडबाडमा जुवातास र पटका पट्काउन निषेध गरिएकाको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीको नियम नमान्नेलाई सार्वजनिक अपराधदेखि बिष्फोटक पदार्थ ओसार पसारसम्मको मुद्धा चलाइनेछ ।

शुक्र, अशोज १४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter